ललित राजवंशीको अभूतपूर्व रेकर्ड– लगातार चार खेलमा ५ विकेट लिए


काठमाडौं । जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा ललितनारायण राजवंशीले अभूतपूर्व प्रदर्शन गरेका छन् ।

राजवंशी नेपाल पुलिस क्लबमा सहभागी छन् । उनले लगातार चौथो म्याचमा ५ विकेट लिएर अभूतपूर्व रेकर्ड बनाएका हुन् ।

आज गण्डकी प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबबाट उनले ५ विकेट लिए । उनी फेरि एक पटक म्यान अफ दि म्याच बने । उनी म्यान अफ द म्याच बनेको लगातार चौथो पटक हो ।

अघिल्लो म्याचमा उनले सुदूरपश्चिमविरुद्ध ७ ओभरमा १५ रन खर्चेर ६ विकेट लिएका थिए ।

राजवंशीले ७ ओभर बलिङ गर्दा १५ रुन त्यसअघि मधेसविरुद्ध २८ रन खर्चेर ५ विकेट लिएका थिए भने सशस्त्र प्रहरीविरुद्ध १८ रन खर्चेर ६ विकेट हत पारेका थिए ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १२:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ