मधेसका एमाले साँसद ठाकुर भन्छन्- उपभोक्ता गठन गर्न वडाध्यक्षहरु सिना तानेर घुस लिन्छन्


जनकपुरधाम । मधेश प्रदेशका नेकपा एमाले साँसद दिपेन्द्र ठाकुरले उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरु खुलेयाम घुस लिने गरेको आरोप लगाएका छन् ।

लामो समयपछि आज बसेको प्रदेशसभा बैठकमा उनले माननीयहरुबाटै वडाध्यक्षहरु घुस माग्ने गरेको आरोप लगाए । उनले भने,  ‘उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरु माननीयहरुसँग घुस मागिरहेका छन् । वडाध्यक्षहरु सिना तानेर दुईदेखि पाँच प्रतिशत घुस माग्छन् ।’

उनले माननीयज्यूहरु लडाई, झगडा र मरित्ते गरेर क्षेत्रमा बजेट लग्ने गरेको र उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरुलाई घुस दिन बाध्य भएको बताए । उनले कतिपय माननीय घुस दिएको पनि सुनाए ।

उनले भने, ‘पृथ्वी नारायण शाहले त्यतिबेला एउटा विधेयक बनाउनु भएको थियो– घुस लिने र दिने दुबै देशको सत्रु हुन् । तर घुस खाने मान्छेलाई कारबाही हुनुपर्छ । घुस दिन त विवश पारिन्छ ।’

साँसद ठाकुरले वडाध्यक्षहरुले सिना तानेर घुस मागिरहेको कुरा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै यसको विकल्प खोज्न पनि माग गरेका छन् ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ