आँशु हत्या प्रकरण : पीडित परिवारद्वारा प्रदर्शन, जनकपुरधाम-जलेश्वर सडक अबरुद्ध

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय बालक आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा पीडित परिवार र स्थानीय पुन: आन्दोलित बनेका छन् ।
मृतक आँशुका आफन्त र बिन्धीबासी जनकपुरधाम- जलेश्वर सडकखण्ड अबरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण सवारीसाधन ठप्प भएको छ ।
फाल्गुन २ मा होली खेल्ने क्रममा साथीले नै छुरा प्रहार गरेपछि आँशुको मृत्यू भएको थियो । छुरा प्रहार गरेको आरोपमा त्यही दिन २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरे । उनीमाथि प्रहरीले कारबाही अगाडी बढाइसकेको छ ।
पीडित परिवारले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको दावी गर्दै उनीहरुलाई पनि पक्राउ गर्न माग गरेका छन् । तर घटनाको ११ दिन बितिसक्दा पनि अन्य आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै पुन: आन्दोलन थालेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले अबरुद्ध सडक खुलाउन छलफल तथा समन्वय गरिरहेको बताए । उनले भने, ‘पीडित परिवारले ५/६ जनामाथि किटानी जाहेरी दिएको हुनुपर्छ । उनीहरुलाई पनि खोज्दै छौं ।’
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव