कुलमानको बर्खास्तीविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रहरीसँग धकेलाधकेल !


काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको छ ।

कुलमान समर्थकहरुले नेपाल विद्युत प्राधिकरण अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।

सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ ।

विपक्षी दलहरुले राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक समेत अवरोध गरिरहेका छन् ।

प्रकाशित : २०८१ चैत्र १३, बुधबार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ