मधेसका गृहमन्त्री लेखीको दाबी- राजतन्त्र फर्काउने पक्षमा एक प्रतिशत जनता पनि छैन


लहान । मधेसका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजतन्त्र फर्काउने अर्थात् प्रतिगमनको पक्षमा एक प्रतिशत जनता पनि नरहेको दाबी गरेका छन् ।

सिरहाको लहानमा आयोजित पत्रकारहरुको कार्यक्रममा मन्त्री लेखीले राष्ट्रिय राजनीति, बजार र गाउँमा प्रतिगमनको कुरा जोडतोडले उठेपनि सम्भव नरहेको बताए । उनले जनतालाई रैती र दाश बनाएर दमन शोषण गरेका एउटा बंशलाई कसैले साथ नदिने दावी पनि गरे ।

उनले भने, ‘प्रतिगमन अर्थात् राजा बोक्ने राप्रपाको पक्षमा कति जनतारमतदाता छन् रु अनुमान गर्नुस् । एक प्रतिशतले पनि नपत्याएको राप्रपाले एउटा बंशका लागि बोकेको प्रतिगमनको एजेण्डामा कसले विश्वास गर्ने रु जुन बंशले नेपाली जनतालाई रैती र दाश बनाएर शोषण गर्यो, त्यो बंशलाई पुनर्स्थापित गर्न कसले चाहन्छ रु मलाई लाग्दैन् ।’

‘राजावादीहरुले संघीयता, समावेशी, समानुपातिक प्रणालीविरुद्धमा बोल्छन्,’ मन्त्री लेखीले भने, ‘यही कार्यक्रममा ६०र७० जना छौं । के तपाईहरु संघीयता, समावेशी र समानुपातिक निर्वाचन प्रणालीको उपलब्धीविरुद्ध बोल्नुहुन्छ । सायद बोल्नुहुन्न । यही उपलब्धीले तीन तहकै सरकारमा सबै समुदायका हजारौं हजार प्रतिनिधी छन् ।’

उनले वडामै निर्वाचित हुने पाँच जना जनप्रतिनिधी पनि समावेशी हुने गरेकाले वर्तमान व्यबस्था उल्टाउने प्रतिगमन कार्यको पक्षमा कोही नजाने उनको भनाई थियो ।

प्रकाशित : २०८१ चैत्र १४, बिहीबार १५:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ