गृह मन्त्रालयमा बस्यो सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक


काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाप्रमुखहरूको बैठक बसेको छ । गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा प्रमुखहरू सहभागी छन् ।

काठमाडौँको तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित आन्दोलनमा उत्रिएकाहरूले तोडफोड, आगजनी गरेका छन् । बैठकमा सहभागी एक सुरक्षा प्रमुखका अनुसार छलफल जारी छ ।

प्रहरीले प्रदर्शन तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीको गाडीमासमेत आगजनी गरेका छन् । अहिले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ