तीनकुने घटना- एक्सरे गर्दा पत्रकार रजकको शरीरमा भेटिएन गोली


काठमाडौं । तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ ।

चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।

तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यसअघि नै गोली लागेको हल्लाको खण्डन गरिसकेको थियो । रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ ।

प्रकाशित : २०८१ चैत्र २०, बुधबार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ