सिरहामा खैरो हिरोइनसहित तीन जना पक्राउ


लहान । सिरहामा लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाकै धनगढीमाई नगरपालिका ९ का २२ वर्षका पवनकुमार साह, २३ वर्षका अंकेश कुमार महतो र २० वर्षका लालबाबु राय रहेका छन् । उनीहरु तीनैजनाको साथबाट खैरोहिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

पवनको साथबाट तराजु, अंकेशको साथबाट १५ ग्राम र लालबाबुको साथबाट ३१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरु तीनैजना यसअघि २०८१ साउन १३ गते पनि लागुऔषध खैरोहिरोइनसहित पक्राउ परेर अदतलबाट मंसिर २० गते ४ महिना कैदको फैसला भएको थियो ।

उक्त फैसलापछि पनि उनीहरु भने लागुऔषधकै कारोबारमा रहेको खुलेको छ ।

प्रकाशित : २०८१ चैत्र २५, सोमबार २०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ