राजविराजमा जसपा नेपालको वडा अधिवेशनमा कुटाकुट, दुईजना घाइते


राजविराज । जनता समाजवादी पार्टी नेपालको वडा अधिवेशनका क्रममा सप्तरीमा विवाद भएको छ । विष्णुपुर गाउँपालिका-१ को परसाहीमा बिहीबार विवाद हुँदा कुटाकुटको अवस्थासम्म सिर्जना भयो ।

दुई पक्षबीच भएको कुटाकुटका क्रममा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र समाजवादी युवा संघ विष्णुपुर पालिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन् ।

दुवैजनाको टाउको फुटेको छ । उनीहरुलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएको छ ।

गत चैत २६ देखि जसपा नेपाल सप्तरीमा वडा र पालिका अधिवेशन चलिरहेको छ ।

प्रकाशित : २०८१ चैत्र २८, बिहीबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ