सिरहा गोलबजारका यि युवक लागुऔषधसहित परे फन्दामा


लहान, १९ कार्तिक । सिरहामा लागुऔषध सहित एकजना पक्राउ परेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ४ का १९ वर्षीय विजय कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

यादवलाई ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा दुई थान डाइलेक्स डिसी, नाईट्रोभेट ३६ पिस, नाईट्रोजन १०० पिस र स्पासो २४ पिस सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक बोहरले जनाए । पक्राउ परेको यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्र्या थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ