शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न जनमतको माग


काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन् ।

‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौल अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छन्,’ विज्ञप्तिमा डा। यादवले भनेका छन् ।

‘आन्दोलनरत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २०८२ बैशाख ७, आईतवार १८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ