ओलीले भने– प्रतिगामी तत्वहरू सल्बलाएका बेला शिक्षक आन्दोलन उपयुक्त छैन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुले गरिरहेको आन्दोलनको समय उपयुक्त नभएको टिप्पणी गरेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । शिक्षकहरुलाई उनले भने, ‘प्रतिगामी तत्वहरु सल्बलाएका बेला तपाईहरुको आन्दोलन उपयुक्त छैन ।’

उनले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भन्दै अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान गरे ।

अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ट्रेड युनियनको अधिकारको रक्षासहित पेशागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरविरुद्ध प्राध्यापकहरूले बौद्धिक रुपमा सक्रियता देखाउनुपर्ने बताएका छन् ।

‘प्राध्यापक जस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन । कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहिरहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित : २०८२ बैशाख ८, सोमबार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ