नाउपासँग एकताको पूर्वसन्ध्यामा जनमतले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०सँग पार्टी एकताको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार साँझ ६ बजे बोलाइएको हो ।

जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । जनमतका प्रवक्ता डा। शरदसिंह यादवका अनुसार १७ गते बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् । घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।

घोषणाको अघिल्लो दिन बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पनि जनमतले समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनेको छ ।

प्रकाशित : २०८२ बैशाख १६, मंगलवार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ