९ बुँदे सहमति भएसँगै शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता


काठमाडौं । करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ ।

सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । हिजो शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए ।

आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए ।

करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने भएको छ ।

शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले बताए ।

सहमतिका नौ बुँदा

१ शिक्षकहरूको स्वास्थ्य उपचारको सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई उपचार सहुलियत र सुविधाको व्यवस्था गर्ने ।

२ अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी–करार, साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्ता बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने ।

३ प्रारम्भिक बाल विकास सहजकर्ता ९बाल विकास शिक्षक० र विद्यालय कर्मचारीका लागि नेपाल सकारबाट तोकिएअनुसार व्यवस्था गर्ने ।

४ आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय तहका, प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको र माध्यमिक प्रथम श्रेणीका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५ स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकहरूले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता उपलब्ध पाउने व्यवस्था गर्ने ।

६ सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७ नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने ।

८ नेपाल शिक्षक महासङ्घको आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९ निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने गरी कायम गर्ने ।

 

 

प्रकाशित : २०८२ बैशाख १८, बिहीबार ०८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ