वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन प्रतिबन्ध


पर्सा । स्थानीय प्रशासनले वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन प्रतिबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार सम्पन्न सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय स्थानीयबाट यस विषयमा व्यापक गुनासो आएको थियो ।

हाल वैवाहिक सिजन चलिरहेको र यस्ता समारोहमा पार्टी प्यालेसहरुले मध्यरातसम्म डिजे तथा चर्को स्वरमा संगीत बजाएर स्थानीयलाई सास्ती दिइरहेको जनगुनासो बढेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको अध्यक्षतामा प्रहरी उपरीक्षक गौतम मिश्र तथा जिल्लास्थित पार्टी प्यालेस सञ्चालकहरुको उपस्थितिमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसाधारणको स्वास्थ्य र दैनिकी समेत प्रभावित हुने गरी विवाह, व्रतबन्ध तथा धार्मिकरसांस्कृतिक कार्यक्रममा हुने डिजे लगायतका उपकरणहरुको प्रयोगलाई क्रमशः निरुत्साहित गर्न यस्तो निर्णय गरेको हो ।

बैठकले यस्ता सांस्कृतिक कार्यक्रमहरुमा गरिने आतिसबाजी र पटाकाको प्रयोगलाई पूर्णरुपले प्रतिबन्ध गराउने निर्णय समेत गरेको छ । यो निर्णयविरुद्ध कार्य गर्नेरगराउनेलाई कानुनको दायरामा ल्याउने निर्णय समेत गरेको छ । सिमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणहरुको प्रवेशलाई कडाइका साथ नियमन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बुधबार उपरान्त हुने विवाह, व्रतबन्ध तथा धार्मिकरसांस्कृतिक कार्यक्रमहरुको बुकिङ कन्फर्मेसन गर्दा सम्बन्धित होटलरपार्टी प्यालेससँग डिजे पटकाको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको विषय खुलाइ त्यसको व्यहोरामा सहमति पत्रमा अनिवार्य रुपले हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले विवाह ब्रतबन्ध लगायतका सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्ने होटल तथा पार्टी प्यालेसहरु अगाडि अनावश्यक सवारी साधन राखी सर्वसाधारणको आवागमन अवरुद्ध हुने कार्य नगर्नेरनगराउने पनि निर्णय गरेको छ । यस्ता सवारी साधनहरु सम्बन्धित होटल तथा पार्टी प्यालेसहरुले नै व्यवस्थापन गर्ने र यसलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न ट्राफिक जाँचलाई कडाइका साथ लागु गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले यस क्षेत्रका व्यवसायीहरुले नेपाल सरकारलाई बुझाउनु पर्ने राजश्वरबक्यौता नियमित रुपमा बुझाउने र त्यसको सुक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : २०८२ बैशाख १८, बिहीबार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ