नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बिरामी भएकी छन् ।

बुधबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो पनि ग्राण्डी अस्पताल भर्ना भएकी थिइन् । जनमतसँग पार्टी एकता घोषणाको पूर्वनिर्धारित कार्यक्रमका लागि करिब १२ बजे उनी अस्पतालबाट निस्किएको सचिवालयले जानकारी दिएको छ ।

नाउपाका संरक्षकसमेत रहेका उनका पति रेशम चौधरी पक्राउपछि एकता घोषणा कार्यक्रम भाँडिएको थियो ।

रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त रहेको र राति थप समस्या भएको नाउपा कैलाली सचिव भक्त चलाउनेले बताए ।

आज बिहान अत्यधिक पेट दुखेपछि उनलाई फेरि उपचारका लागि ग्रान्डीमा भर्ना गरिएको छ ।

प्रकाशित : २०८२ बैशाख १८, बिहीबार १४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ