शिक्षक दरबन्दी पुनरावलोकन गरिने, शिक्षक बैंक स्थापना हुने


काठमाडौं । सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षक दरबन्दी पुनरावलोकन गरिने बताएका हुन् ।

त्यस्तै उनले शिक्षक बैंक स्थापना पनि हुने बताए । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ ।

‘भौगोलिक क्षेत्रमा आवासीय विद्यालय खोलिने छ। शिक्षक दरबन्दीको पुनरावलोकन गरिने छ । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्नेछ । शिक्षकको राष्ट्रिय मापदण्ड लागू गर्नेछ ।

उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने। शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गरिने। विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने छ,’ उनले भने ।

प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ