ओडिसाको किटमा मृत भेटिएकी प्रिशा साहबारे के भन्छ भारतीय विदेश मन्त्रालय ?


काठमाडौं । भारतीय विदेश मन्त्रालयले उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको जानकारी पाउनेबित्तिकै उडिशा राज्य सरकारसँग निरन्तर सम्पर्क गरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको हो ।

उडिसा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेकोसमेत उल्लेख छ ।

‘सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने बताएको छ। नेपाल सरकार, उडिशा राज्य सरकार र कीआईआइटी विश्वविद्यालय प्रशासनसँग निरन्तर समन्वयमा रही सूचनाको तत्काल आदानप्रदान र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको पनि छ,’ विज्ञप्तिमा भनिएको छ ।

बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेकी थिइन् । प्रिशा वीरगञ्जनिवासी हुन् । उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको उनले जानकारी दिए । उनी इन्टरनेसनल होस्टलमा बसिरहेकी थिइन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

यो पनि…

ओडिसाको किटमा कसरी भयो मधेसकी छात्रा प्रिसा साहको मृत्यू, जो न्यायका लागि लड्थिन

प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ