जनकपुरधाममा रामभद्राचार्यजीलाई भव्य स्वागत, भने- नेपाल र भारत हिन्दूराष्ट्र हुनुपर्छ


जनकपुरधाम । भारतका जगद्गुरु रामभद्राचार्यजी महाराजले जानकी जन्मोत्सवको अवसरमा जनकपुरधाम आएपछि भव्य स्वागत गरिएको छ ।

जानकी मन्दिर पुगेपछि रामभद्राचार्यजीलाई महन्त, साधुसन्त र नगरवासीले भव्य स्वागत गरेका हुन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ पनि गरेका छन् ।

संचारकर्मीसँग उनले नेपाल र भारत दुबै देश हिन्दुराष्ट्र हुनेपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल एउटै हिन्दुराष्ट्र थियो । त्यसलाई पनि बर्बाद पारियो । अब समय आईसकेको छ । नेपाल मात्रै होइन्, भारतपनि हिन्दुराष्ट्र हुनुपर्छ ।’

उनले नेपालमा धर्म परिवर्तन बढिरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले मिथिलावासीलाई मद्यमांशबाट टाढै रह्न सुझाव समेत दिए ।

प्रकाशित : २०८२ बैशाख २२, सोमबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ