सिरहामा बोरामै हुन्छ लागुऔषध तस्करी, यतिधेरै ओनरेक्ससहित दुई यूवा पक्राउ


लहान । सिरहाको लहान नगरपालिका १७ बलान खोला नजिकैबाट प्रहरीले भारी परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटेको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्ने क्रममा भारी परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका १५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका १६ का २२ वर्षीय जितेन्द्र यादव छन् । सन्तोषलज बोकेको बोराबाट ओनरेक्स १०० एमएलका १२० बोतल र जितेन्द्रले बोकेको बोराबाट पनि वोही लागुऔषध १२० बोतल नै बरामद गरिएको छ ।

यस्तै उनी दुबैजनाले लागुऔषध राखेको दुई वटा बोरा लुकाएका थिए । ति बोरा खोल्दा एउटा बोराबाट ओनरेक्स १०० एमएलकै ११३ बोतल र अर्को बोराबाट ९० बोतल गरी २०३ बोतल बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ ।

लागूऔषध बरामद भएपछि पक्राउ परेका दुबै जनालाई सिरहा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिएर थप अनुसन्धान इलाका प्रहरी कार्यालय लहानमा भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए ।

प्रकाशित : २०८२ बैशाख २५, बिहीबार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ