भारत-पाकिस्तान युद्धमा अमेरिका सहभागी नहुने, वार्ता नै विकल्प !


काठमाडौं । भारत र पाकिस्तानबीच जारी संघर्षप्रति अमेरिकाले प्रतिक्रिया दिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले धारणा सार्वजनिक गर्दै वार्ता नै विकल्प रहेको बताएका हुन् ।

फक्स न्यूजसँगको एक अन्तर्वार्तामा भेन्सले भने, ‘हामीले गर्न सक्ने कुरा भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने हो, हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं । यो हाम्रो काम होइन।’

उनले अमेरिका यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास जारी राख्ने बताएका छन् ।

उक्त अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव एक व्यापक क्षेत्रीय युद्ध वा आणविक संघर्षमा परिणत नहुने पनि आशा व्यक्त गरेका छन् ।

२२ अप्रिलका दिन जब जम्मु-कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरि चरमपन्थी हमला भएको थियो । त्यसबेला जेडी भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारत भ्रमणमा थिए ।

त्यही घटनालाई लिएर मंगलबार राति भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दक्षिण एसिया ठूलो युद्धतिर उन्मुख भइरहँदा अमेरिकाको प्रतिक्रिया आएको हो ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार ०६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ