नेपालबाट छिरेका शंकास्पद् चार चिनियाँलाई भारतीय प्रहरीले समात्यो


काठमाडौं । नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने शंकास्पद् चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पर्साको वीरगन्ज नाका हुँदै रक्सौल प्रवेश गर्ने चार चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ह्वाङ लिमिन, ख छ्याङ्सङ, तङ यिजुन र लेई योङहाइ रहेका छन् ।

उनीहरूलाई भारतीय सीमा प्रहरीले पक्राउ गरी मोतिहारी प्रहरीलाई बुझाएको स्रोतले जानकारी दिएको छ । चिनियाँ नागरिक सँगै रहेका नेपाली नागरिकलाई भने सोधपुछ गरी छाडिएको छ ।

सिन्धुपाल्चोककी अनिता कुमारीसँगै ती चिनियाँ नागरिकहरू वीरगन्ज नाका हुँदै भारत प्रवेश गर्ने प्रयास गरेका थिए । रक्सौल प्रवेश गर्ने क्रममा उनीहरूलाई मितेरी पुलबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार उनीहरू बिना भिसा भारत प्रवेश गर्न खोजेका थिए। ‘चिनियाँ नागरिकसँग नेपालको भिसा भए पनि भारतको भिसा रहनेछ। बिना भिसा प्रवेश गर्न खोजेपछि भारतीय प्रहरीले पक्राउ गरेको खबर पाएका छौं । एक जना नेपाल महिलालाई भने सोधपुछ गरी नेपाल फिर्ता पठाएको छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो ।

पक्राउ परेका चिनियाँ नागरिकहरू ३० अप्रिलमा नेपाल आएका थिए । काठमाडौंबाट वीरगन्ज पुगेका उनीहरू बुधबार दिउँसो ३ बजेतिर पैदल नै भारत प्रवेश गर्न खोजेको स्रोतको भनाइ छ ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार ०७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ