श्रीमान उपेन्द्रको पार्टीमा लागेपछि गीताले त्यागिन् जनमत पार्टीको साँसद पद


जनकपुरधाम । जनमत पार्टीकी लुम्बिनी प्रदेश साँसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।

गुरुङलाई जनमत पार्टीले समानुपातिक साँसद बनाएको थियो । गुरुङ अहिले बेलायतमा छिन् । उनी त्यहाँबाटै राजीनामा दिएको बुझिएको छ ।

गुरुङको श्रीमान् कैलाश गुरुङ एक कहिना अगाडी मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए । कैलाश जनमत पार्टीको कार्यकारणी सदस्य एवं आदिवासी महासंघको अध्यक्ष समेत थिए ।

गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको राजीनामा पत्रमा लेखिकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

जनमत पार्टीभित्र आन्तरिक विवाद बढेको छ । आर्थिक लेनदेन र मनमुटावका कारण पार्टी संकटमा परेको छ । सो कारणले पनि जनमत पार्टीमा भविष्य नदेखेर नेता कार्यकर्ताहरु पार्टी छाड्न थालेको स्रोतले जनाएको छ ।

प्रकाशित : २०८२ बैशाख ३०, मंगलवार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ