एक महिनाभित्र चोरी तस्करी पूरै रोकिन्छ : गृहमन्त्री लेखक


विराटनगर । सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री रमेश लेखकले चेतावनी दिएका छन्।

बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका हुन् ।

गृहमन्त्री लेखकले सीमा क्षेत्रबाट हुँदै आएको चोरी तस्करीले भन्सार राजस्व छल्ने मात्र नभएर कानुनको खिल्ली उडाउँदै देशभित्र र अन्तरदेशीय अपराध समेत बढाइरहेकाले आगामी जेठ महिनाभित्र पूरै रोक्न निर्देशन दिए ।

कोशी प्रदेशका सबै निकायका सुरक्षा अधिकारीहरूलाई निर्देशन गर्दै भने, ‘तपाईंहरूले प्लान बनाएर जसरी पनि एक महिनाभित्र सीमाक्षेत्रबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गरेको हुनुपर्नेछ । अन्यथा गृह मन्त्रालय निर्मम हुन बाध्य हुनेछ ।’

सीमा क्षेत्रमा खुल्मखुला अवैध पैठारी हुँदै आएको जानकारी आफूले पाइसकेकाले एक महिनाभित्र अनुभूति हुने गरी नियन्त्रण गर्नुपर्ने गृहमन्त्री लेखकको निर्देशन छ ।

प्रकाशित : २०८२ बैशाख ३१, बुधबार १५:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ