कनिका छरेजस्तो सबैतिर बजेट नछर्न सीके राउतको सुझाव


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले कुनै एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । उनले बुधबार प्रतिनिधिसभामा भएको प्रि बजेट छलफलमा बोल्दै कनिका छरेजस्तो सबैतिर बजेट छर्न नहुने बताएका हुन् ।

‘बजेट कनिका छरेजस्तो गएको छ । कुनै पनि क्षेत्रले अपेक्षा पूर्ण बजेट पाउन सक्दैन । कुनै एउटा क्षेत्रलाई फोकस गरेर बजेट बनाऔँ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा फोकस गरौँ कि उद्योग पूर्वाधार या कुनै एउटा क्षेत्रमा मात्र केन्द्रित भएर बजेट छुट्याऔँ अनि कायापल गर्न सकिन्छ । कनिका छरेजस्तो सबै क्षेत्रमा बजेट छर्दा केही पनि गर्न सकिँदैन । सबै क्षेत्रमा बजेट छरिदिन्छौँ र कुनै क्षेत्रमा सफलता प्राप्त गर्दैनौँ ।’

साथै सांसद राउतले बजेट कुन मोडालिटिमा विनियोजन गर्ने पहिला मोडल तय गर्नुपर्ने बताए । यसैगरी बजेट विनियोजन गरेको बजेट पूर्णरुपमा कार्यान्वयन गर्नै पर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : २०८२ बैशाख ३१, बुधबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ