काँग्रेसको तरुण दल अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते


पोखरा । तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी हानाहान भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम गरिरहेको टोलीले प्रतिवाद गर्‍यो,’ ती सहभागीले भने, ‘त्यसपछि स्थिति तनावपूर्ण बन्यो । बाहिर निस्केपछि खुकुरी हानिएको छ ।’

अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।

प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ