महराको कारागार बास, अस्वस्थ हुँदै !


काठमाडौं, २१ कार्तिक। संघीय संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले कारागार बसाइको क्रममा आफू अस्वस्थ हुँदै गएको बताएका छन् ।

आफूलाई भेट्न आउन आफन्तसँगको कुराकानीमा क्रममा महराले आफ्नो स्वास्थ्य गम्भीर बन्दै गएको बताउने गरेका छन् । भेट्न आउनेहरुलाई महराले भन्ने गरेका छन्, ‘रगतमा कोलेस्ट्रोलको मात्रा बढ्दा पहिला पनि यस्तै समस्या हुन्थ्यो । स्वास्थ्यले समस्या दिइरहेको छ ।’

जिल्ला अदालत काठमाडौं आदेशानुसार डिल्लीबजार कारागारमा रहेका महरालाई भेट्न बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ पनि पुगेका थिए । आफूसँगको भेटका क्रममा पनि महराले स्वास्थ्य समस्याकै बारेमा बढी कुरा गरेको गुरुङले खबरहबलाई जानकारी दिए ।

‘उहाँले रक्चचाप बढेको, कोलेस्ट्रोल पनि बढेको भनेर सुनाउनुभयो,’ गुरुङले भने, ‘महराजी चिन्तित देखिनु भयो ।’ महराले आफूसँग कानूनी परामर्श पनि लिएको गुरुङले जानकारी दिए । ‘महराजीले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिने विषयमा कुरा गर्नुभयो,’ गुरुङले भने, ‘जिल्ला अदालतको आदेश बेरितको लागे पुनरावेदनका लागि निवेदन दिन पाउने कानूनी व्यवस्था छ । मैले पनि उहाँलाई सोही सल्लाह दिए ।’

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ