विदेशीबाट संचालित दुई दर्जन शैक्षिक संस्थालाई १५ दिने अल्टिमेटन


काठमाडौं,२१ कार्तिक । सरकारले विदेशी निकायबाट सम्बन्धन लिएर नेपालमा संचालन भइरहेका शैक्षिक संस्थाहरूको खारेजी प्रक्रिया अगाडि बढाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको कानुनअनुसार चल्न नमान्ने विदेशीबाट संचालित शैक्षिक संस्था खारेजको तयारी भएको जानकारी दिएका छन्। मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्री पोखरेलले सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन भन्दा बढी शैक्षिक संस्थाहरूलाई खारेज गर्ने तयारी भइरहेको जानकारी दिए।

पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जन बढी विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेज खारेज गर्ने तयारी गरिएको जानकारी दिएका हुन्। नेपालमा दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाइल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौं, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरूलाई सरकारले खारेज गर्ने तयारी गरेको जानकारी दिए।

प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरूलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताए। सरकारको नीति, नियम र निर्देशिका विपरीत चलेपछि ती कलेजहरू खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ