सिरहाको नरहामा कृषि फार्मबाट गाँजा बरामद, तीन जना पक्राउ


सिरहा । सिरहा प्रहरीले नरहा गाउँपालिका १ देविपुरबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

संजय दासले नयाँ संचालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फार्मबाट ३१ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । फार्ममा दुई वटा बोरामा लुकाएको अबस्थामा गाँजा बरामद गरिएको छ ।

फार्ममा गाँजा भेटिएपछि संचालक नरहा गाउँपालिका १ का संजय दास, सोही स्थानका रामशरण दास र बाराको कलैया ४ घर भई हाल नरहामै बस्दै आएका संजय दासको गाडी चालकको रूपमा काम गर्ने धिरज महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०८२ जेष्ठ ५, सोमबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ