मुठभेडमा मारिए माओवादीका सर्वोच्च नेता


भारतमा प्रहरीसँगको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी माओवादीका सर्वोच्च नेता मारिएका छन् ।

बुधबार बिहान छत्तीसगढको नारायणपुर जिल्लाको अबुजमद जंगलमा भएको मुठभेडमा परी भाकपा (माओवादी)का महासचिव नाम्बाला केशव राव मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

द वायरका अनुसार सो जंगलमा मुठभेड हुँदा रावसहित २६ जना माओवादी मारिएका छन् । यसलाई भारतीय अधिकारीहरूले नक्सलवादविरूद्धको कारबाहीमा अहिलेसम्मकै ठूलो उपलब्धि भनेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले एक्समा पोस्ट लेख्दै माओवादीका महासचिव मारिएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री मोदीले यसलाई महत्त्वपूर्ण उपलब्धी बताउँदै सुरक्षा फौजप्रति गौरवान्वित रहेको बताए ।

मुठभेडमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । केहीलाई  अस्पताल पुर्‍याइएको र स्वास्थ्य स्थिर रहेको बताइएको छ ।

सुरक्षाकर्मीले जंगलबाट ठूलो संख्यामा हतियारहरू बरामद गरेको छ। माओवादीले उक्त घटनाको निन्दा गरेको छ ।

प्रकाशित : २०८२ जेष्ठ ८, बिहीबार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ