मधेसका पूर्व सांसद कुशवाहाद्वारा बन्दुक प्रदर्शन, प्रहरी भन्छन्- थाहा भएन


रौतहट । गणतन्त्र दिवसको अवसरमा रौतहटमा दिपप्रज्वलन गर्ने बेलामा नेकपा एमालेका नेता कुन्दन कुशवाहाले बन्दुक प्रदर्शन गरेका छन् ।

रौतहटको कटहरिया बजारमा बिहिवार साँझ एमालेले गणतन्त्र दिवसको अवसरमा दिपप्रज्वलन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा नेता कुशवाहाले बन्दुक बोकेर उपस्थित भएका थिए ।

एमालेका केन्द्रीय सदस्य तथा मधेसका पूर्व सांसद समेत रहेका कुशवाहा उक्त कार्यक्रममा बन्दुक बोकेको भिडिओ पनि सामाजिक संजालमा सार्वजनिक भएको छ ।

नेता कुशवाहाले बन्दुक माथि तानेर हवाई फाइर गर्न खोजेको भिडिओमा देखिन्छ । तर फाइयर नभएपछि अर्का एकजनालाई बन्दुक दिए । ति व्यक्ति बन्दुक लिएर भीडबाट बाहिर निस्केको देखिएको छ ।

नेता कुशवाहाले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेको/नरहेको खुलेको छैन् । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपक राईले नेता कुशवाहा बन्दुक बोकेर कार्यक्रममा पुगेको कुरा थाहा नभएको बताए ।

नेपालप्रेसको जिज्ञासामा उनले भने, ‘बन्दुक बोकेर कार्यक्रममा पुगेको हो भने छानविन हुन्छ । सिडिओ साहेबले कारबाही गर्नुहुन्छ ।’

प्रकाशित : २०८२ जेष्ठ १६, शुक्रबार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ