भारतका पूर्वी राज्यमा बाढीको प्रकोप, ३४ जनाको मृत्यु


भारतका पूर्वोत्तर राज्यमा बाढीको प्रकोप झन बढ्दैछ । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म बाढीमा परी ३४ जनाको मृत्यु भएको छ ।

सिक्किममा हजारौं पर्यटक बाढीमा फसेका छन् । मेघालयमा मानिसहरुलाई सुरक्षित निकाल्नका लागि सेनाको उद्धार दल सक्रिय छ । यस क्षेत्रमा ५ सय भन्दा बढी फसेको बताइएको छ ।

मणिपुर फायर सर्भिस, असम राइफल्स, एसडीआरएफ र एन्डीआरएफ बाढीमा फसेका मानिसहरुलाई बचाउन लागिपरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मणिपुरमा ५६ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । यहाँ १० हजारभन्दा बढी संरचना बाढीबाट ध्वस्त बनेका छन् ।

मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी पहिरो प्रभावितहरुलाई सम्भव हुने सबैखाले आवश्यक उद्धार, राहत तथा सहयोग गर्न पूर्वोतर राज्यहरुका नेतृत्वलाई आग्रह गरेका छन् ।

बाढी पहिरोको प्रभावबारे मोदीले आसाम र सिक्किमका मुख्यमन्त्रीहरु हिमान्त विश्वशर्मा र प्रेमसिंह तामाङ तथा मणिपुरका गभर्नर अजय भल्लसँग जानकारी लिँदै सो आग्रह गरेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

मोदीले केन्द्र सरकारबाट सम्भव हुने सहयोग प्रद्धान गर्ने पनि आश्वासन दिए ।

प्रकाशित : २०८२ जेष्ठ २०, मंगलवार १२:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ