भिजिट भिसा प्रकरण- नेपालको अन्तर्राष्ट्रिय छविमा लाग्यो दाग, अमेरिकाले गर्‍यो भिसामा कडाइ


काठमाडौं । अमेरिकाले नेपालीलाई भिसा दिन कडाइ गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै कडाइका साथ सुरक्षा जाँचबिना भिसा दिन नसकिने बताएको हो । राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने सूचनामा उल्लेख छ ।

‘प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट जानुपर्छ, जसमा कानुन कार्यान्वयन निकायका रेकर्डहरू र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छ,’ दूतावासले सूचनामा भनेको छ, ‘सबै सुरक्षा जाँचहरू पूर्ण रूपमा समाधान नभएसम्म तपाईंको भिसा जारी हुने छैन ।’

अमेरिकाको राष्ट्रिय सुरक्षा आफूहरूको उच्च प्राथमिकता रहेको दूतावासको भनाइ छ । सूचनामा उसले भनेको छ, ‘राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिकातर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो ।’

पछिल्लो समय नेपालमा सरकारी अधिकारीहरूकै संलग्नतामा पैसा लिएर भिजिट भिसामा नागरिक पठाइरहेको विषय सतहमा आएसँगै अमेरिकाले कडाइको नीति अवलम्बन गरेको अनुमान छ ।

प्रकाशित : २०८२ जेष्ठ २१, बुधबार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ