छोरी शिक्षा बिमा पुन: सुरु गर्न पूर्वमुख्यमन्त्री लालबाबु राउतको आग्रह


जनकपुरधाम । छोरी शिक्षा बिमा पुनस् सुरु गर्न मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले विगतको सरकारले सञ्चालन गरेको महत्वपूर्ण योजनाहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

‘हुनेखानेका लागि धेरै ठूलो महत्व नहोला, ठूलो अमाउन्ट नहोला । तर त्यो व्यक्तिका बारेमा सोच्नुस्, जो गरिब छन्, दलित छन्, विपन्न छन्,’ उनले भने, ‘जसको छोरी जन्मिनेबित्तिकै तीन लाख पाउँछ । त्यसले समाजिक न्यायका लागि, सामाजिक सुधारका लागि, परिवर्तनका लागि महत्तवपूर्ण कदम हुनेछ ।’

विगतको सरकारले धेरै मेहनत र लगानी गरेर योजना सुरुवात गरेको हुनाले निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । महत्तवपूर्ण तथा विपन्नसँग जोडिएको योजनामा हृयान्डसम अमाउन्ड राखेर योजनाको निरन्तरता दिनुपर्ने उनले सुझाव दिए ।

तत्कालीन मुख्यमन्त्री राउतले छोरी शिक्षा बिमा सुरु गरे पनि कोरोना महामारीपछि उक्त कार्यक्रम रोकिएको छ । यस कार्यक्रमको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।

प्रकाशित : २०८२ जेष्ठ २२, बिहीबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ