एमालेका मन्त्री गुरुङ भन्छन्- झोल खानेलाई झोले भन्छ, एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ


काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको ‘झोले’लाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा गलत रूपमा व्याख्या गरिएको बताए ।

‘झोल खानेलाई पनि झोले भन्छ । झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अध्यक्षले भन्न खोजेको झोले भनेको हाम्रो पार्टीको झोला बोक्ने । त्यसलाई गलत अर्थमा व्याख्या गरिराखिएको छ सोसल मिडियाहरूमा,’ उनले भने ।

लामो समय पार्टीमा सक्रिय व्यक्तिलाई ‘झोले’ भनिने प्रस्टीकरण दिँदै गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको जिकिर गरे ।

उनले भने, ‘जुन पार्टीको होलटाइमर भएर लामो समय झोला बोकेर काम गर्‍यो त्यसको नीति, सिद्धान्त पनि त्यही झोलामा राखेको हुन्छ । उसको विचार पनि त्यही झोलामा राखेको हुन्छ । झोला भनेको हाम्रो झण्ड पनि हो । एकखालको सिम्बोल (संकेत) हो ।’

प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार १७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ