कक्षा १२ को नतिजा चित्त नबुझे २९ साउनभित्र आवेदन दिन सकिने


काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योगका लागि अनलाइनबाट निवेदन दिन सक्ने भएका छन् ।

बोर्डले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार साउन २० गते (आज) दिउँसो १:०० बजेदेखि साउन २९ गते साँझ ५:०० बजेसम्म पुनर्योगका लागि परीक्षार्थीले अनलाइन फाराम भर्न सक्नेछन् ।

पुनर्योग फाराम कसरी भर गर्ने ?

– विद्यार्थीहरूले neb.gov.np मा गई Online payment (Retotaling) मा जान सक्नेछन् वा payment.neb.gov.np/Student Portal मार्फत पनि आवेदन दिन सक्नेछन् ।

– फाराम भर्नका लागि सिम्बोल नम्बर (Symbol No.) र जन्म मिति (DOB) राखेर खोजी गर्ने, पुनर्योग गर्न चाहेको विषयको अगाडि √ लगाउने ।

– Digital Wallet (ई-सेवा, खल्ती आदि) मार्फत शुल्क तिर्ने,

– प्राप्त हुने confirmation message सुरक्षित राख्ने ।

– पुनर्योगको परिणाम पछि हेर्नको लागि बोर्डको आधिकारिक वेबसाइट neb.gov.np मा जान सकिनेछ ।

प्रकाशित : २०८२ श्रावण २०, मंगलवार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ