दुर्गा प्रसाईंका बडीगार्ड दीपक खड्का पनि पक्राउ


काठमाडौं । दुर्गा प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खड्कालाई पक्राउ गरेको हो ।

यसअघि सोमबार मध्यरातमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले मंगलबार सात/आठ जनालाई नियन्त्रणमा लिएको थियो ।

त्यसमध्ये खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित : २०८२ मंसिर ४, बिहीबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ