सार्वभौम नागरिक पार्टी दर्ता, अध्यक्षमा मण्डल


काठमाडौं । ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा दर्ता भएको छ ।

दल दर्ता सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेपछि निर्वाचन आयोगमा दल दर्ता भएको हो । उक्त पार्टीको अध्यक्षमा गणेश कुमार मण्डल छन् । मण्डल र सो पार्टीका पदाधिकारीले आज निर्वाचन अयोगबाट पार्टी दर्ताको प्रमाणपत्र बुझेका छन् ।

प्रमाणपत्र बुझ्दै पार्टी अध्यक्ष मण्डलले राष्ट्रिय राजनीति र नागरिक अधिकारको संरक्षणतर्फ नयाँ विकल्पको सुरुवात गर्न दल दर्ता गराएको बताए । उनका अनुसार दलले आगामी दिनमा नागरिक स्वतन्त्रता, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने छ ।

देशलाई दलतन्त्रको विभाजन, भ्रष्टाचार, भागबण्डा र अस्थिरताबाट मुक्त गरेर नागरिकतन्त्र केन्द्रित शासन व्यवस्था स्थापना गर्ने पार्टीको मुख्य उदेश्य रहने अध्यक्ष मण्डलको भनाई छ ।

उनले भनेका छन्, ‘दशकौँदेखि दलहरूले देश कब्जा गरे । तर नागरिक केवल मतदाता मात्र बने, निर्णयकर्त्ता बन्न पाएनन् । त्यसैलै हामी नागरिकलाई निर्णयकर्ता बनाउन दल दर्ता गराउँदा खुशी लागेको छ ।’

प्रकाशित : २०८२ मंसिर ८, सोमबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ