खेलकुद मन्त्रालयमा हैन, प्रधानमन्त्री कार्यालयमै भनाभन भयो : शिव यादव


काठमाडौं । सामाजिक सञ्जालमा मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा झडप भएको भनी समाचार फैलिएपछि द काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोज क शिव यादवले यसलाई पूर्णरूपमा गलत जानकारी भएको बताएका छन् ।

घटना युवा तथा खेलकुद मन्त्रालयका कारण नभई प्रधानमन्त्री कार्यालयभित्र भएको कुराले भनाभनसम्म भएको यादवले स्पष्ट पारे। उनले अनलाइनखबरसँग कुरा गर्दै खेलकुद मन्त्रालयमा कुनै हातहाल वा झडप नभएको बताएका हुन् ।

यादवका अनुसार, मंसिर ८ गते दिउँसो १ बजेदेखि प्रदेशका नेताहरू सरकारी नीतिसम्बन्धी ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री व्यस्त हुँदा भेट्न नपाएपछि जितेन्द्र सिंह (जितेन्द्रप्रताप महतो) आक्रोशित भएर चर्को स्वरमा बोलेका थिए ।

‘त्यहाँ प्रधानमन्त्री कार्यालयमा भेट्न नपाएपछि होहल्ला गरेर फर्किनुभयो । यता म र बब्लुजी खेलकुद मन्त्रालयमा बसिरहेका थियौं,’ यादवले भने ।

यादवले बताएअनुसार, प्रधानमन्त्री कार्यालयबाट फर्केपछि जितेन्द्र सिंह खेलकुद मन्त्रालय पुगे । त्यहाँ उनले ‘हामीले बनाएको सरकार हामीलाई नै भेट्दैन’ भन्दै आक्रोश पाखे । अलि उत्तेजित भएर प्रस्तुत भए ।

त्यसपछि आफूले सिंहलाई प्रधानमन्त्री व्यस्त हुनसक्ने र त्यसकारण नभेटेको सम्भावनाबारे बताएको यादवले बताए ।

‘त्यहाँ केही पनि भएको छैन । हात हालाहाल भएको भन्ने एकदम गलत कुरा हो,’ यादवले भने, ‘यो चरित्र हत्या हो । हामी त्यहाँ रहेका तीनै पक्षले यो गलत हो भनेपछि अरुले के भने त्यो महत्वपूर्ण हैन । जे नभएको त्यो कुरा बाहिर आइरहेको छ ।’

प्रकाशित : २०८२ मंसिर १४, आईतवार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ