प्राधिकरणले विद्युत् महशुल १५ प्रतिशत बढाउदै


काठमाडौं, २१ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युतको महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ ।प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको छ ।नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए ।

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार ०४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ