मधेश- विश्वासको मतका लागि मुख्यमन्त्री यादवद्धारा प्रदेशसभा बैठक आह्वान गर्न पत्राचार


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि उनले प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले यसबारे जानकारी दिएका हुन् । सर्वोच्च अदालतबाट भएको आदेशको आफूलाई लिखित रूपमा पत्र प्राप्त नभए पनि प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रको आधारमा आफूले प्रदेशसभालाई विश्वासको मतका लागि सभा बोलाउन पत्राचार गरेको उनले बताए ।

उनले आफूले प्रदेशसभाबाट विश्वासको मत जित्ने दाबी गरे । सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो ।

प्रकाशित : २०८२ मंसिर १६, मंगलवार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ