प्रधानमन्त्री कार्कीले पठाइन् दुर्गा प्रसाईंलाई वार्तामा आउन पत्र


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई वार्तामा बोलाएकी छन् ।

प्रधानमन्त्रीका तर्फबाट उनको सचिवालयले संयोजक प्रसाईंलाई लिखित पत्र पठाउँदै वार्तामा बोलाइएको हो । वार्ताको मिति २ मंसिर तय गरिएको छ ।

यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेका थिए । प्रसाईंको समूह विभिन्न माग राखी लामो समयेखि आन्दोलन गरिरहेको छ ।

जथाभावी अभिव्यक्ति दिएर प्रसाईं विवादमा आउने गरेका छन् ।

प्रकाशित : २०८२ मंसिर १६, मंगलवार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ