हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’, सांसदहरू मन्त्री बन्न नपाउने


काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा श्रमदानलाई केन्द्रमा पार्टीको सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेका हुन् ।

साथै उनले ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थासहित कार्यकारी संरचनामा स्पष्ट विभाजन रहने बताए ।

घोषणापत्रमा दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ ।

साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र जातिका हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेका छन् ।

प्रकाशित : २०८२ मंसिर १६, मंगलवार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ