नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरमा सभा गर्ने


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ ।

नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते सभा गर्न लागेको हो । सांगठनिक सुदृढीकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरुप सो पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा विभिन्न प्रदेशहरूमा सभा गरिरहेको छ ।

नेकपाका नेता महेन्द्रराय यादवले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताए ।

मधेस प्रदेशका ८ वटै जिल्लामा सहजकर्ता खटाएर सभामा सहभागी हुन सहजीकरण गरिएको उनले बताइ । सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाललगायत नेताले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित : २०८२ मंसिर १६, मंगलवार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ