आज जनकपुरमा एकता सन्देश सभा गर्दै नेपाली कम्युनिष्ट पार्टी


जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी नेकपाले बिहीबार धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ ।

धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरिएको नता महेन्द्र राय यादवले जानकारी दिए ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ ।

प्रकाशित : २०८२ मंसिर १८, बिहीबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ