सप्तरीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते


सप्तरी । कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा बिहीबार राति जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बसमा सवार ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको हो ।

मृतकको नाम ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ५५ जना यात्रु सबार थिए ।

प्रकाशित : २०८२ मंसिर १९, शुक्रबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ