कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता


लहान । स्वास्थ्यको लागी खेलकुद मुल नाराका साथ नवराजपुर गाउँपालिकामा पालिका भित्रकै कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
नवराजपुर गाउँपालिका ४ श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय सोनबर्षा स्थित खेलमैदानमा सम्पन्न खेलमा कर्मचारी बि टिमले कर्मचारी (ए) टिमलाई ५ गोलले पराजित गरेको हो।


प्रतियोगितामा (ए) टिमका लागि पहिलो हाफको १५ औं मिनेटमा सरोज कुमार सिंहले गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाउन सफल भएका थिए । यस्तै खेलमा (बि) टिमका खेलाडीहरुले लगातार आत्मघाती गोल गर्दै टिमलाई ६-१ गोल सहित बिजयी बनाउन सफल भएका थिए ।
टिम (ए) ले गोल गर्ने प्रयास गरेपनि (बि) टिमका खेलाडीहरुको आक्रमक प्रतिस्कापर्धाका कारण (ए) टिमले पराजयको यात्रा तय गर्न बाध्य भएको थियो।
उक्त प्रतियोगिताले कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र टीम भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहले बताए छन् ।

प्रकाशित : २०८२ चैत्र १७, मंगलवार २१:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ