कैदीलाई मुस्किल : ६० रुपैयाँले दिन काट्नै धौ–धौ


काठमाडौं, २४ कार्तिक । महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरमा अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ । बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रुपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कारगार कार्यालय नभएको र सर्लाहीमा कारागार बन्दै गरेकाले कैदीबन्दीलाई सप्तरी र झुम्का कारागारमा पठाउने गरेको पाइएको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता तथा प्रवक्ता सञ्जीवकुमार रेग्मीले जानकारी दिनुभयो ।

विगतको अनुगमन जस्तै यसपटक पनि कैदी तथा थुनुवाबन्दीले आफूले पाउने दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ ज्यादै कम भएको तथा जरिमानाबापत कट्टा हुने रकमसमेत कम भएकाले यसको पुर्नविचार गर्न कैदीहरुले माग गरेका छन् ।

  • राजधानी दैनिक
प्रकाशित : २०७६ कार्तिक २४, आईतवार ०१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ