धनुषा : नेकपा र काँग्रेसका सयौं कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश


मुकेश ठाकुर/ जनकपुरधाम, २४ कार्तिक । धनुषाको धनुषाधाममा नेकपा र काँग्रेस छाडेर सयौं कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । समाजवादी पार्टी धनुषाधाम ३ द्धारा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु पार्टीमा प्रवेश गरेका हुन् ।

कार्यक्रमको अध्यक्षता समाजवादी पार्टीका वडाध्क्ष उमेश यादव र प्रमुख अथितीमा समाजवादी पार्टीका केन्द्रिय सदस्य दिपक कार्की थिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथि कार्कीले अविर र माला लगाएर स्वागत गरेका छन् ।

केन्द्रिय सदस्य कार्कीले देशमा धेरै संघर्ष पश्चात संघीयता आएको र विभिन्न शक्तिहरु विफल पार्न लागिरहेको भन्दै बचाउन सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले उनले संघीयता बचाउनका लागि संघर्ष गर्न तयार भएर बस्न कार्यकर्तालाई अपिल समेत गरे ।

कार्यक्रममा समाजवादी पार्टीका धनुषा अध्यक्ष पशुपति यादव, उपाध्यक्ष ज्ञान कुमार यादव, श्याम नारायण यादव, सत्रुधन यादव, सुजिता यादव, धनुषाधामका नगर अध्यक्ष बिनोद कुमार यादव, राम नारायण कापरी, दिपेन्द्र कापरी लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

प्रकाशित : २०७६ कार्तिक २४, आईतवार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ