सप्तरीको दुई ठाउँमा आगलागी, लाखौंको क्षति


राजविराज, २६ कार्तिक । सप्तरीको दुई गाउँमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । विष्णुपुर गाउँपालिका १ खुरहुरियाका सीताराम यादवको फुसको भान्सा घरमा आगलगाी भएको हो । खाना पकाउने क्रममा चुल्होबाट निस्किएको आगोको झिल्कोले आगलागी हुँदा घर आंशिक रूपमा जलेको प्रहरीले जनाएको छ ।

घरमा रहेको लत्ता कपडा, अन्नपात गरी करिब ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार सुस्त मनस्थितिकी यादवकी छोरी करिब १६ वर्षीया संगीता कुमारी यादव आगलागी देखेर बेहोस भएपछि तत्काल उद्धारपछि स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

यस्तै रुपनी गाउँपालिका ३ कमरी टोलमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आगलागी हुँदा घर जल्नुका साथै घर भित्र रहेको लत्ताकपडा, अन्नपात, एक थान मोबाइल गरी अन्दाजी एक लाख पाँच हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ